Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


ओली र थापाबीच छलफल


0
Shares

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उनीहरुबीच भएको भेटवार्तामा संविधान संशोधन, हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा तथा निर्धारित् समयमा प्रदेश र केन्द्रीय निर्वाचन गर्ने विषयमा छलफल भएको जनाएको छ ।

सो अवसरमा एमाले अध्यक्ष ओलीले सबै तहको निर्वाचन सम्पन्न भएपछिमात्रै संविधान संशोधन प्रस्तावको विषयमा खुला छलफल गरेर अघि बढ्ने विषयमा विचार गर्न अध्यक्ष कमल थापासँग आग्रह गरिएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

राप्रपा अध्यक्ष थापाले संसदमा विचाराधीन संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी सकारात्मक रहेको बताउँदै स्थानीय तहमा एमालेले प्राप्त गरेको जनादेशका आधारमा पनि सरकारले सो पार्टीलाई समझदारीमा लिएर अगाडि बढ्नुपर्ने आफ्नो पार्टीको दृष्टिकोण रहेकोे धारणा राखेको उपनेता नेम्वाङले जानकारी दिए ।

भेटवार्तामा अध्यक्ष थापाले अहिलेको समस्याबाट मुलुकलाई निकास दिन सबै दलको भावनालाई समेटेरमात्र संंविधान संशोधनको कार्य अगाडि बढाउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको एमाले अध्यक्ष ओलीलाई जानकारी गराएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए । रासस