Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


आश्रय दिने बहानामा सामूहिक बलात्कार गर्ने तीनजना पक्राउ


0
Shares

बारा जितपुरका २२ वर्षीया महिलालाई आश्रय दिने बहानामा घर लगी बलात्कार गरेको अभियोगमा प्रहरीले वीरगन्ज महानगरपालिका–१९ इनर्वाका ३० वर्षीय तैयब हुसैन, ३० वर्षीय नुरुल हक र २९ वर्षीय महम्मद तबरेजलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार (आज) यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । तीनै जनालाई सामूहिक बलात्कार मुद्दामा आजै म्याद थप गरिएको छ ।

भारतको कारागारमा विगत दश महिनादेखि बन्दी जीवन बिताइरहेका श्रीमान्लाई भेट्न घरबाट सोमबार (हिजो) बेलुकी निस्किएकी एक बच्चाकी आमालाई तैयबले बाटोमा भेटी आश्रय दिने बहानामा आफ्नो घर लगेर साथीहरुसँग सामूहिक बलात्कार गरेको थियो ।

बलात्कार गरेर मंगलबार (आज) बिहान घरबाट निकालेपछि ती महिला प्रहरीको सम्पर्कको आएको र उनले दिएको जानकारीका आधारमा तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

तबरेज र तिनका साथीले यौन सम्र्पकका लागि भन्दा महिलाले नमानेपछि छोराको हत्या गर्ने धम्की दिई तीनै जनाले बलात्कार गरेको महिलाले प्रहरीलाई दिएको बयानमा उल्लेख भएको प्रवक्ता जोशीले बताए ।

बलात्कारकी शिकार भएकी र अभियोग लागेका तीनै जना अभियुक्तलाई आजै वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा लागि स्वास्थ्य परीक्षण गराइएको पनि प्रवक्ता जोशीले जानकारी दिए ।

पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान अगाडि बढाएको छ भने महिलालाई जिप्रकाकै महिला तथा बालबालिका विकास शाखामा संरक्षण दिइएको प्रहरीले जनाएको छ । रासस