
रामेछाप, खाँडादेवी गाउँपालिका बस्ने मानबहादुर लामा र काठमाडौं स्वयम्भू बस्ने अमित डंगोललाई मंगलबार खुशीबु लिंकरोडबाट केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरुलाई भारु १००० दरको तीन हजार १०० ओटा र भारु ५०० दरको तीन हजार ७०० ओटा नोट गरी जम्मा भारु ४९ लाख ५० हजारसहित पक्राउ गरेको हो ।
नेपाल तथा विशेष गरी भारतबाट नेपालका विभिन्न नाकाबाट अवैध तरिकाले हाल भारतले प्रतिबन्ध लगाएको भारु ५०० र भारु १००० र का नोट नेपालमा भित्र्याइ अवैधरुपमा कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि प्रहरीले राजश्व अनुसन्धान विभाग पुल्चोक ललितपुरमा बुझाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्