
न्यायाधीश रमेशप्रसाद रिजालको इजलासले बुधबार सो हत्याकान्डका अभियुक्त गुरुङ र चौहानलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार धु्रवकुमार उप्रेतीले जानकारी दिए ।
२०५९ साल असार ३१ गते काठमाडौंको रानीबारीस्थित कोठामा बस्ने इन्जिनियर दम्पती हेमबहादुर श्रेष्ठ र अञ्जना श्रेष्ठको धारिलो खुकुरी प्रहार गरी हत्या भएको थियो ।
श्रेष्ठ दम्पतीको हत्या गरेको आरोपमा रामेछाप जिल्ला स्थायी घर भइ जोरपाटी बस्ने चौहान र दोलखा, खारे स्थायी घर भइ सामाखुसी बस्ने गुरूङलाई दुई वर्षअघि पक्राउ गरिएको थियो ।
अभियुक्त गुरुङ र चौहान अहिले जेलमा छन् । रासस
प्रतिक्रिया दिनुहोस्