२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


होटल संचालकसहित ३ जना मानव बेचविखनको आरोपमा पक्राउ


0
Shares

चरिकोटमा मानव बेचबिखन तथा ओसारपसार बढ्दै गएको भन्ने सूचनाको आधारमा खानतलासीको क्रममा भीमेश्वर नगरपालिका वडा नं. ३,चरिकोट बसपार्कस्थित तहल्का होटल सञ्चालन गर्ने तारा काफ्ले पोखरेल र अरु दुईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

पक्राउ पर्नेमा तामाकोशी गाउँपालिका वडा नं. ३, जफेका सन्तोष भुजेल र सुरोज पोखरेल छन् ।

पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको दोलखाका प्रमुख डिएसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो ।