३० जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025


खुमनले पार्वतीलाई दुर्बिनले हेरे, शंकर र करिश्मा यसरी नाचे (भिडियो)


0
Shares

हिन्दु नेपाली नारीहरुको महान पर्व तीज नजिकिएसँगै एकपछि अर्को गीत बजारमा सार्वजनिक भइरहेका बेला गायिका पार्वती स्त्रीले यो गीत मार्फत राम्रो चर्चा पाइरहेको बताइन् ।

निकै कम गीत गर्ने तर मार्मिक र विशेष अर्थ बोकेका प्रोजेक्टमा मात्रै काम गर्ने बताउने सुन्दरी गायिका पार्वतीको गीतको भिडियोमा मोडल करिश्मा ढकाल र निर्देशक शंकर बीसीले मोडलिङ गरेका छन् ।

गीतमा दुइले प्रस्तुत गरेको प्रेमको भावलाई व्यक्त गरिएको छ । भिडियोको निर्देशन पनि शंकर बीसीले नै गरेका हुन् । गीतमा कृष्ण बाबुको शब्द, गायक अधिकारीको नै संगीत छ ।

नविन घर्तीमगरले सम्पादन गरेको भिडियोको कोरियोग्राफी शंकरले नै गरेका हुन् । राजेश घिमिरले भिडियोको छायांकन गरेका हुन् ।