Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


बारामा क्षयरोगको संक्रमणबाट तीन जनाको मृत्यु


0
Shares

नेपाल क्षयरोग निवारण संस्था बाराद्वारा यहाँ आयोजित “दलित वर्गमा क्षयरोगसम्बन्धी चेतनामूलक अभिमुखीकरण” कार्यक्रममा २०७३ साउनदेखि २०७३ फागुनसम्म जिल्लामा रहेका कुल ६३७ जना क्षयरोगीमध्ये २९६ जना संक्रमण क्षयरोगी भएको जनाएको छ ।

जिल्ला अस्पताल, प्राथमिक अस्पताल र स्वास्थ्य चौकी गरी जिल्लाका एक सय स्वास्थ्य संस्थाबाट क्षयरोगीका बिरामीलाई निःशुल्क प्रत्यक्ष निगरानीमा औषधि खुवाउने व्यवस्था गरिएको बताउँदै जिल्ला जनस्वास्थ्य कार्यालयका रामविनय यादवले भने– ‘क्षयरोग न्यूनीकरणका लागि जिल्लामा व्यापक रुपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सक्नुपर्दछ ।’

नेपाल क्षयरोग निवारण संस्था, बाराका अध्यक्ष सुरेश मोदकको सभापतित्वमा भएको कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य वसन्त नेपालले क्षयरोगका लक्षण र उपचार विधीका विधिका विभिन्न पक्षमाथि प्रकाश पारे । रासस