Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


चूडामणि शर्माविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा पेस, समय अभावका कारण दर्ता भएन


0
Shares

शर्माका फाइल धेरै भएका कारण विशेष अदालतमा शुक्रबार बिहानै शर्मासहित सबै कागजात पेस गरे पनि ती फाइल रुजु गर्ने काममा ढिलाइ हुँदा शुक्रबार मुद्दा दर्ता हुन नसकेको विशेष अदालतले जनाएको छ ।

अख्तियारले लगेको मुद्दा साउन १ गते पुनः अध्ययन गरेर दर्ता गर्ने विशेष अदालतले जानकारी दिएको छ ।

आयोगले कर फस्र्यौट आयोगका दुई सदस्य लुम्बध्वज महत र उमेश ढकाललाई पनि भ्रष्टाचारको अभियोगमा मुद्दा अघि बढाएको हो । यो आयोगको इतिहासमै सबैभन्दा ठूलो भ्रष्टाचारसम्बन्धी विषय हो ।

आयोगका उच्च अधिकारीकाअनुसार कर फस्र्यौटसम्बन्धी ८८ फाइलको अध्ययनमा यत्रो रकम अनियमितता गरेको देखिएको हो ।

शुक्रबार बिहान विशेष अदालतमा उपस्थित गराइएका शर्माले सन्चारकर्मीहरुसँग कुरा गर्दै आफूलाई अदालतले न्याय दिने बताए ।

हाल अध्ययन भइरहेका फाइलबाट झन्डै ११ अर्बको रुपैयाँ भ्रष्टाचार भएको देखिएको र अरु फाइल अध्ययन गर्दा थप भ्रष्टाचारको विवरण आउनसक्ने अख्तियारका एक अधिकारीले बताए । कर फछ्र्यौट आयोगका सदस्यद्वय महत र ढकाल भने हाल फरार छन् ।

यसैबीच, सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणसम्बन्धी शर्माको रिटलाई शुक्रबार ‘हेर्दाहेर्दै’मा राखेको छ ।

अख्तियारले अनाधिकृतरुपमा शर्मालाई हिरासतमा राखेको भन्दै परेको रिटको सुनुवाइ शुक्रबार सुरु भएपनि निर्णय गर्न समय अपुग भएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

सर्वोच्चले शर्मालाई झिकाएर रिटमाथि सुनुवाइ गरेको हो । सोसम्बन्धी रिटमाथिको सुनुवाइ न्यायाधीश चोलेन्द्रशम्शेर राणाको इजलासमा भएको हो ।