काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको प्रथम नगरसभालाई शुक्रबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले भने–‘सामाजिक सञ्जाल पक्कै पनि अलिअलि भएपनि पढे–लेखेकैले प्रयोग गर्छन् तर उनीहरुको शब्द हेर्दा कुनैपनि हिसाबबाट शिक्षित भन्न मिल्दैन ।’
अर्काे प्रसंगमा उनले लोकतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट नै व्यावहारिक अभ्यासको आवश्यकता रहेको बताए ।
पुरानो इतिहास बोकेको पनौतीमा जलविद्युत्, पर्यटनलगायत विभिन्न क्षेत्रमा प्रशस्त सम्भाव्यता रहेको र प्राकृतिक दृष्टिकोणले पनि निकै सुन्दर भएकाले यहाँको विकासका लागि नयाँ स्थानीय नेतृत्वले अग्रणी भूमिका खेल्नुपर्ने बताए ।
उनले भूमाफियाबाट सावधान रहन जनप्रतिनिधिलाई आग्रह गर्दै आफ्नो क्षेत्रको विकासका लागि गुरुयोजना तयार गर्नसमेत सुझाव दिए ।
नगरसभामा प्रजिअ शिव सिंखडाले पनौती नगरपालिकामा बजेट खर्चमा समस्या आएमा आफ्नो क्षेत्रबाट साथ दिन सधैं तत्पर रहेको बताए ।
पनौती नगरपालिकाका प्रमुख भीम गौतमले पनौती क्षेत्रको पर्यटनलगायत अन्य क्षेत्रको विकासका बारेमा प्रकाश पारे । रासस





प्रतिक्रिया दिनुहोस्