Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


पहिरोले पाईप बगाएपछि बागलुङमा खानेपानीको अभाव


0
Shares

बर्खा लाग्दा समेत पर्याप्त पानी वितरण नभएको भनेर उपभोक्ताको गुनासो आईरहँदा अहिले पानीको पुरै आपुर्ति बन्द भएपछि समस्या झन बल्झिएको हो ।

बाग्लुङ बजारमा खानेपानी वितरणको जिम्मा लिएको नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बाग्लुङले पहिरोले खानेपानीको पाईप बगाएपछि बाग्लुङ बजारमा पानीको आपुर्ति ठप्प भएको जनाएको छ ।

३५ सय धारो भएको बागलुङ बजारमा ६० हजार जनसंख्या खानेपानीको अभावमा छन् ।

त्यस ठाउँमा निरन्तर पहिरो खसिरहने भएकाले बैकल्पिक व्यवस्था नगरेसम्म बाग्लुङ बजारमा खानेपानीको समस्या बल्झिरहने देखिएको छ ।