Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


अन्नपुर्ण पुस्तकालयमा मुसाको रजाईं


0
Shares

वि.सं २०२५ सालमा स्थापना गरिएको पुस्तकालय नियमित सञ्चालनको अभावमा बर्षोदेखी बन्द अवस्थामा रहँदा मुसाले पुस्तकालयमा रहेका पुस्तकहरु सखाप पारेको छ ।

तत्कालिन समयमा स्थानीले राणा शासनको अन्त्य भएपछि शिक्षाको ज्योती गाउँभरी फैलाउने उदेश्यले स्थापना भएको पुस्तकालय केही बर्ष नियमित खुलेपनि जनशक्ती र स्रोतको अभावमा बन्द भएको हो ।

पाठकको सक्रियता र न्यून तलवको ब्यवस्था गरी एकजना कर्मचारी राख्न सकेमा पुस्तकालय सञ्चालन गर्न सकिने स्थानीयले बताएका छन् ।