१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


युनिभर्सल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग


0
Shares

योग्यताक्रम र लब्धांक (मेरिट)का आधारमा भर्ना गर्न विसं २०७४ असार २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले दिएको निर्देशनलाई अवज्ञा गरी कलेजले भर्ना कार्य अगाडि बढाएको तथा विद्यार्थीलाई शीर्षक नखुलाई विभिन्न शीर्षकमा शुल्क लिने कागजमा समेत सही गराउने कार्य गरेकाले त्यसको सम्बन्धन खोरेज गर्न माग गरेका हुन् ।

यसरी माग गर्ने सस्थामा डाक्टर्स सोसाइटी अफ नेपालका कावा अध्यक्ष डा.कालुसिंह खत्री, सरकारी चिकित्सक संघका डा.दीपेन्द्र पाण्डे, राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा.सन्तोष पौडेल, रेजिडेन्ट एसोसिएसन अफ नेपालका अध्यक्ष डा.विष्णु भण्डारी र नेसनल रेजिडेन्ट एसोसिएसनका अध्यक्ष डा.कश्यप श्रेष्ठ छन् ।

यसैगरी, जुनियर रेजिडेन्ट्स वेलफेयर सोसाइटीका अध्यक्ष डा.अजितकुमार झा, नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीका अध्यक्ष डा.प्रियंका शाही, डाक्टर फर चेन्जका अध्यक्ष डा.विश्वबन्धु बगाले, सेभ मेडिकल फर्टिनिटीका डा.समीर लामा र डा.तोसिमा कार्की तथा सोलिडारिटी फर डा.केसी एलायन्सका संयोजक डा.अभिसेकराज सिंह छन् ।

विज्ञप्तिमा मन्त्रिपरिषद्को निर्देशनलाई कलेजले पालना गर्नुपर्ने बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘यसको पालना नगरेमा कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ ।’

त्रिवि चिकित्साशास्त्र अध्ययन सस्थानले चिकित्साशास्त्रतर्फको स्नातकोत्तर तहको प्रवेश परीक्षा सञ्चालन गरी सम्बन्धन लिएका निजी कलेजलाई योग्यताक्रम र लब्धांकका आधारमा भर्ना लिन सिफारिस गरेको थियो । तर, आफैँले सम्बन्धन दिएका केही निजी कलेजले त्रिविको निर्देशनलाई पालना नगरेको जनाएको छ । रासस