Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


मतदाता नामावली संकलनः निर्वाचन आयोगको तयारीप्रति प्रमुख दलहरुको असन्तुष्टि


0
Shares

दलहरुले जिल्ला सदरमुकामबाट नभइ स्थानीय तहबाटै मतदाता नामावली अद्यावधिक गर्न र दर्ताको समयावधि बढाउनसमेत निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा गरिएको साक्षात्कारमा सत्तारुढ दल नेपाली कांग्रेसका नेता रमेश लेखकले मतदाता नामावली संकलनमा निर्वाचन आयोगले गरेको निर्णय व्यावहारिक नभएको भन्दै स्थानीय तहबाट अद्यावधिक गराउने व्यवस्था मिलाउन आग्रह गरे ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मतदाता नामावली अद्यावधिकको समयावधि बढाउन र कम्तीमा गाउँपालिकाबाट अद्यावधिक गर्ने व्यवस्था मिलाउन माग गरे ।

नेताहरुले यसअघि गरिएको व्यवस्थाजस्तै काठमाडौंबाटै पनि मतदाता नामावली अद्यावधिक गर्नसक्ने गरी व्यवस्था मिलाउन पनि आग्रह गरेका छन् ।

निर्वाचन आयोगले आइतबार (भोलि)देखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सन्चालन गर्दैछ ।

आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले नामावली संकलन तथा अद्यावधिक कार्य अघि बढाउन लागेको हो ।

आयोगले साउन १ गतेदेखि १५ गतेसम्मका लागि मतदाता नामावली दर्ताको समय तोकेको छ ।

यसअघि, सम्बन्धित जिल्लाभन्दा बाहिरैबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भएपनि आयोगले यसपटक सम्बन्धित जिल्लामै पुगेर दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ ।