
जिल्लाका १० स्थानको खानेपानीमा गरिएको परीक्षणमा मानव स्वास्थ्यका लागि अत्याधिक हानिकारक दिसामा पाइने जीवाणु कोलिफर्म भेटिएको हो ।
गतलाङ, भोर्ले धुन्चे, स्याप्रुबेसी, सरमथलीलगायतका १० स्थानमा हालै गरिएकोे परीक्षणले सबै ठाउँमा कोलिफर्म जीवाणु भेटिएको जिल्ला स्वास्थ्य कार्यालय रसुवाका प्रमुख डा. झलक गौतमले बताए ।
प्रयोगशालामा जाँच गर्दा १० प्रतिशत खानेपानीमात्र सुरक्षित देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
दूषित पानीका कारण झाडापखाला, आउँ, हैजा, जुका, जन्डिसजस्ता रोग महामारीकोरुपमा देखा पर्नसक्ने भएकाले सुरक्षित पानी पिउन जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
विगतका वर्षमा पनि सदरमुकाम धुन्चे, यार्सा, भार्खु, गतलाङलगायतका स्थानको पानीमा कोलिफर्मको जीवाणु भेटिएको थियो ।
वर्षायाम सुरु भएसँगै जिल्लामा दूषित पानीकै कारण झाडापखालाका बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेकोे जिल्ला स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्