Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


वैदेशिक रोजगारीमा गएकालाई पनि सामाजिक सुरक्षा कोषमा समेटिने


0
Shares

काठमाडौं, माघ १५ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि सामाजिक सुरक्षा तथा सञ्चयकोषमा समेट्न सिफारिस गरिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्नेबारे अध्ययन गर्न सचिव महेश दाहाल नेतृत्वमा गठित समितिले मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा साउन १ गतेदेखि ‘पाइलट प्रोजेक्ट’कारुपमा धेरै नेपाली रहेको एक मुलकबाट यसलाई लागू गर्न पनि सुझाइएको छ ।

योजनामा सहभागी भएका वैदेशिक रोजगारीमा गएका व्यक्तिले वार्षिक न्यूनतम् २४ हजार र अधिकतम् ३ लाखसम्म योगदान गर्नसक्ने कार्यदलको सिफारिस छ ।