Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


‘रेनो डस्टर आरएक्सएस’ कार नेपाली बजारमा


0
Shares

काठमाडौं, माघ १५ । रेनो ब्रान्डको ‘रेनो डस्टर आरएक्सएस’ कार नेपालमा भित्र्याइएको छ ।

रेनो गाडीका लागि नेपालको अधिकृत विक्रेता एड्भान्स अटोमोबाइलले यो कार स्थानीय बजारमा भित्र्याएको हो ।

मंगलबार काठमाडौंमा सार्वजनिक गरिएको यो कारमा एअर कन्डिसनर, हिटर, स्टेरिङ एडजस्टमेन्ट, स्टेरिङ माउन्ट अडियो, पावर सप्लाई पोर्ट, रियर आर्मरेस्टलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ ।

यो नेपालको बाटो सुहाउँदो कार रहेको दाबी एड्भान्स अटोमोबाइलका महाप्रबन्धक अधिरकुमार श्रेष्ठको छ ।

कारको स्थानीय बजार मूल्य ४३ लाख ५० हजार रुपैयाँ रहेको छ ।