
मानेगाँउमा सोमबार अपराह्न सदस्यसँग ऋण उठाएर फर्कंदै गरेका संस्थाका कर्मचारी विदुर नगरपालिका–५ देवीघाटकी संगीता नेपाल र पनौती नगरपालिका–१२ काभ्रेपलाञ्चोकका प्रदीप केसीसँग भएको रु एक लाख लुटिएको नुवाकोट प्रहरीले जनाएको छ ।
सदस्यबाट रकम उठाएर संस्थाको कार्यालय बेत्रावतीतर्फ पैदल फर्कंदै गरेकाबेला तीनजनाको समूहमा आएका व्यक्तिले आक्रमण गरी रकम लुटेर फरार भएको पीडितले प्रहरीसमक्ष बताएका छन् ।
लुटेराले केसीलाई काठको लौराले टाउकामा हानी लडाएको र नेपाल आत्तिएर भाग्न थालेपछि रकम लुटेर फरार भएको पाइएकाले संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
लुटेराको अक्रमणबाट केसीको टाउकोमा चोट लागेको छ । रासस
प्रतिक्रिया दिनुहोस्