१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


नागढुंगाबाट लागुऔषधसहित दुईजना समातिए


0
Shares

काठमाडौं, माघ १५ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रभागको टोलीले सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना७ख ७०७३ नम्बरको बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना७ख ५११३ नम्बरको बस जाँचकाक्रममा महोत्तरीका १९ वर्षीय प्रविणकुमार पाण्डे र मकवानपुरका ३० वर्षीय विकास भ्लोनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले छुट्टा–छुट्टै सवारी जाँचकाक्रममा पाण्डेसँग ६०० ट्याब्लेट नाइट्राभेट र भोलनसँग ९० एम्पुल नुर्फिन, ९० एम्पुल फेनार्गन र ९० एम्पुल डाइजेल्याब बरामद गरिएको जानकारी दिए ।

पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको छ । रासस