३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


‘फेसनमान्डु’को फाइनल अडिसनमा ४० मोडल


0
Shares

गत शनिबार काठमाडौंस्थित मसाला कटेजमा आयोजित अडिसनमा २०० जना मोडलबाट ४० जना चयन भएका हुन् ।

कोरियोग्राफर प्रताप ताम्राकार र फोटोग्राफर राजभाइ सुवालसहित १२ जनाको जुरीबोर्डले उत्कृष्ट ४० जना प्रतिस्पर्धी मोडलहरु चयन गरेका हुन् ।

ती ४० जना मोडललाई प्रतिष्ठित प्रशिक्षकहरुबाट एक महिनाको प्रशिक्षण दिने बताइएको छ । उनीहरुलाई प्रशिक्षण दिनका लागि अष्ट्रेलियाबाटसमेत प्रशिक्षकहरु नेपाल आइसकेका छन् ।

आयोजक बिग बेल एडुटेन्टमेन्ट प्रालि र एफआरएस वल्र्ड प्रालिका संस्थापक किरण नेवा र कृष्टि थापाले फेसनमान्डुको अन्तिम इभेन्ट्समा ४० जना प्रतिस्पर्धी मोडलबाट एक जोडी मोडल चयन गरिने बताए ।

विजेतालाई अष्ट्रेलियामा हुने फेसन शोमा सहभागी गराइनेसमेत आयोजकले जनाएको छ ।