ध्रुब भट्टराई/ईमेज
विराटनगर । बहुप्रतिक्षित जोगबनी–किमाथांका सडक यसै आर्थिक बर्षभित्र जोडिने भएको छ ।
योसँगै एउटा मात्र देशसँगको व्यापारिक एकाधिकार अन्त्य हुने विश्वास गरिएको छ ।
निर्माण कार्य सुरु भएको १० बर्षपछि जोगबनी–किमाथांका सडकले पूर्णता पाउने भएको छ ।
कोशी राजमार्गअन्तर्गत मोरङको रानीबाट सुनसरी, धनकुटा र तेह्रथुम हुदै संखुवासभाको सीमावर्ती किमाथांकासम्म पुग्न अब १४ किलोमिटर मात्र बाँकी छ ।
उत्तर–दक्षिण कोसी सडक योजनाका अनुसार सडकको चेपुवा, छुमसुर घोङगोप्पा खण्डमा ट्रयाक खोल्न बाँकी छ ।
इन्जिनियर अजयकुमार साहले रानीदेखि किमाथांका यहीँ आर्थिक बष भित्र सडक सञ्जालले जोडने तयारी रहेको बताए ।
निर्माण सुरु भएको पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिए पनि १० वर्षसम्म पनि सडकले पूर्णता भने पाउन सकेको छैन ।
सडक सञ्जाल नहुँदाबारीमा उत्पादित साग सब्जी, आलुलगायतका खाद्यबालीले बजार नपाउँदा बारीमै कुहाउनुपर्ने र गाईवस्तुलाई खुवाउनुपर्ने अवस्था छ ।
खाँदबारी किमाथांका सडकमा ट्रयाक खोलिएमा स्थानीय स्तरमा उत्पादित बस्तुले बजार पाउने स्थानीयको भनाइ छ ।
अर्कोतर्फ रानी किमाथांका जोड्ने सडक बनेपछि चीन, भारत, भुटान र बंगलादेशबीच व्यापार गर्न सजिलो भएकाले यसको निर्माण कार्य समयमै सम्पन्न गर्न आवश्यक सहयोग र निगरानी आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्