२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


११ वर्षीया बालिका करणीको आरोपमा युवक पक्राउ


0
Shares

गर्भवती बालिकाले न्यायका लागि प्रहरीमा उजुरी दिएपछि २० वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई मङ्गलबार पक्राउ गरी प्रहरीको नियन्त्रणमा राखिएको प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

गत असार पहिलो साता गर्भवती भएको थाहा भएपछि समाज भेला गरेर जिम्मा लगाएको भएपनि केटा पक्षले धरानमा काकाको घर लाने भनी लगेको र केटा बेपत्ता भएको बालिकाको परिवारले बताएको छ ।

“महिला विकास अधिकृत पुष्पलता उप्रेतीका अनुसार गर्भवती बालिकाको स्वास्थ्य एकदमै जटिल भएको र बालिकाले पढ्ने इच्छा राखेको हुँदा कुन संस्थामा राख्ने भन्ने निर्णय हुन सकेको छैन ।”

यता प्रहरी नायब उपरीक्षक आचार्यका अनुसार युवकलाई नियन्त्रणमा लिइसकेकाले कानुनी कारबाही हुनेछ । रासस