अध्यक्ष कमल थापाको अध्यक्षतामा नयाँबानेश्वरमा सुरु भएको उक्त बैठकमा असन्तुष्ट पक्षका नेता पशुपतिशम्शेर राणाबाहेक नेताको सहभागिता छ ।
नवमनोनीत ४२ जना केन्द्रीय सदस्य र पूर्वकेन्द्रीय सदस्य पनि उपस्थित छन् ।
बैठकमा असन्तुष्ट पक्षका उपाध्यक्षद्वय दीपक बोहरा, विक्रम पाण्डे र महामन्त्री सुनिल थापालगायतको सहभागिता छ ।
यही साउन ६ गतेसम्म जारी रहने बैठकमा अध्यक्ष थापाद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत् भएको छ ।
बैठकमा अध्यक्षबाट प्रस्तुत् प्रतिवेदनका साथै स्थानीय तहको निर्वाचन समीक्षा, सांगठनिक अवस्था र भावी रणनीति आदि कार्यसूची रहेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
पाठककाअनुसार अध्यक्ष थापा र वरिष्ठ नेता राणाबीच टेलिफोनमा कुरा भएपछिमात्र आजको बैठक सुरु गरिएको छ ।
अध्यक्ष थापाले गत शुक्रबार ४२ केन्द्रीय सदस्य मनोनीत गरेपछि पार्टीमा आन्तरिक विवाद कायमै छ । रासस





प्रतिक्रिया दिनुहोस्