Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


इलाममा सुकिलुम्बा पार्कको निर्माण कार्य अन्तिम चरणमा


0
Shares

इलाम । इलामको इलाम नगरपालिका– ९ स्थित सुकिलुम्बा डाँडामा निर्माणाधीन सुकिलुम्बा पार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

इलाम बजारबाट लगभग ६ किलोमिटरको दूरीमा पर्ने यो डाँडामा पर्यटकलाई आकर्षित गर्ने गरी सुकिलुम्बा धार्मिक क्षेत्र विकास समितिले पार्क निर्माण गरेको हो ।

समितिको झन्डै ६ रोपनी जमिनमा स्थानीयको आर्थिक सहयोगले पार्क निर्माण भइरहेको छ ।

पार्कमा अझै धेरै भौतिक पूर्वाधार विकास गर्नुपर्ने भए पनि आर्थिक अभावका कारण ढिलाइ भएको समितिका सचिव कमल मैनालीले जानकारी दिए ।

हालसम्म बगैंचा, फूलबारी, पोखरीमाथि पुललगायतका संरचनाको निर्माण सम्पन्न भइसकेको छ । पार्क निर्माण भएसँगै यहाँ आन्तरिक पर्यटक आउने क्रम बढेको छ ।

पार्क स्थल रहेको डाँडाबाट इलामका विभिन्न स्थान र तराईका फाँटको दृश्यावलोकन गर्न सकिन्छ ।