Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


बलात्कारपछि हत्या गरेको आरोपमा तीन पक्राउ, हात बाँधेको नाङ्गो शव भेटियो


0
Shares

पक्राउ पर्नेमा लोहारपट्टी गाउँपालिका–१ का ४६ बर्षीय बरुणकुमार यादव र जिबरुल राईन तथा भंगहा गाउँपालिकाकी ३७ बर्षीया अमृता देवी दास छन् ।

उनीहरुलाई हरिहरपुर हरिणमरीकी ३५ वर्षीया शिला देवीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो ।

यादव र दासबीचको शारीरिक सम्बन्धबारे थाहा पाएकी शिलादेवीले गाउँमा हल्ला फैलाएको भन्दै उनीहरुले हत्या गरेको खुलासा भएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए ।

शिलादेवीको शव गत वैशाख २० गते गाउँ नजिकै नांगो र दुवै हात पछाडि बाँधिएको अवस्थामा फेला परेको थियो ।

बरुण र अमृताले बदला लिन राईनसहितका ब्यक्तिलाई रकम दिएर शिलादेवीको हत्या गराएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथि बलात्कार र हत्याको आरोपमा मुद्दा दर्ता गरी आवश्यक कारबाही थालिएको प्रहरी उपरीक्षक लम्सालले जानकारी दिए ।