Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


महासंघ कोषाध्यक्षको राजीनामा


0
Shares

काठमाडौं, माघ १४ । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षबाट ज्ञानेन्द्रलाल प्रधानले राजीनामा दिएका छन् ।

महासंघअन्तर्गत्को कृषि उद्यम केन्द्रमा भएको अनियमितताको सूचना बाहिर चुहाएको आरोप प्रधानमाथि लगाइएको थियो ।

केन्द्रको अनियमितताकाबारेमा बाहिर सूचना ‘लिक’ गराएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत उजुरी हालेको आरोप लगाएपछि प्रधानले राजीनामा दिएका हुन् ।

महासंघ सुधार्न गएपनि केही सुधार गर्न सकेको र केही सुधार गर्न नसकेपछि राजीनामा दिएको उनले बताए । महासंघभित्र भएको विकृति सुधार आवश्यक रहेको पनि उनले बताए ।

आइतबार कोषाध्यक्ष पदबाट मौखिक राजीनामा दिएको र एक/दुई दिनभित्र लिखितरुपमा राजीनामा दिने उनले बताए ।