
यसै वर्षको अन्त्यमा विश्व सांगीतिक यात्रा सुरु गर्न लागेका बिबरलाई चीन सरकारले आफ्नो भूमिमा कुनैपनि सांगीतिक प्रस्तुति दिन नपाउने गरी प्रतिबन्धको घोषणा गरेको हो ।
‘गार्जियन अनलाइन’काअनुसार बिबरको विश्व सांगीतिक यात्राको तालिकामा एसियाली देशहरु इन्डोनेसिया, जापान, फिलिफिन्स, सिंगापुर र हङकङ रहेका छन् । चीन सरकारको निर्णयसँगै बिबरका चिनियाँ ‘फ्यान’हरु निराश भएको जनाइएको छ ।
बिबरको नयाँ गीतिसंग्रहमा रहेको गीत ‘आइ जस्ट निड वान मोर सट, सेकेन्ड चान्सेस्…’ (मलाई सिर्फ थप एक सट आवश्यक छ, दोस्रो मौका…)मा उनले देखाएको ‘अफस्टेज एन्टिक्स’का कारण उनलाई सांगीतिक प्रस्तुति दिन प्रतिबन्ध लगाइएको जनाइएको छ ।
‘बेइजिङ कल्चर ब्युरो’ले आफ्नो वेबसाइटमार्फत् दिएको आधिकारिक भनाइअनुसार बिबरले गाएको गीत ‘चिनियाँ कान’का लागि अनुपयुक्त रहेको छ ।
वेबसाइटमा लेखिएको छ–‘रक्सीले मातेर एक विलासी पहेंलो रङको कार लम्बोर्गिनी तीव्रगतिमा चलाएर बिबरले गाएको गीतको दृश्यमा अनिर्दिष्ट गलत प्रदर्शन गरेर उनले अनौठो हर्कत देखाएका छन् । उनी एक प्रतिभाशाली तर निकै विवादास्पद युवा गायक हुन् ।’
ब्युरोले बिबरको प्रस्तुतिमा लगाइएको प्रतिबन्धको कारण उनका समर्थकहरुले मागेमा विस्तृत जवाफसमेत दिइने उल्लेख गरेको छ ।
ब्युरोले बिबरले कस्तो हर्कत गरे भन्ने ठ्याक्कै विस्तृत कारण भने खुलाएको छैन । तर, चिनियाँ संस्कृति तथा कलाकारिताको प्रदर्शन सुधार्नका लागि यो कदम अपरिहार्य रहेको उल्लेख गरेको छ ।
बिबरले यसअघि सन् २०१३ मा ‘बिलिभ टुर’काक्रममा चीनमा आफ्नो सांगीतिक प्रस्तुति दिएपछि आफ्नो अंगरक्षकका साथ ‘चाइना ग्रेटवाल’ आफ्नो हातले उठाएकोजस्तै गरी तस्वीर खिचेका थिए । उक्त तस्वीरलाई लिएर चीनमा बिबर निकै आलोचितसमेत भएका थिए ।
विदेशी गायकको शानदार सूचीमा रहेका बिबर प्रतिबन्धित भएपछि संगीत व्यापारका लागि ठूलो मानिएको चीनबाट उनलाई ठूलो घाटा लाग्ने बताइएको छ ।
उनलाई प्रतिबन्ध लगाउनुको कारण राजनितिक नभइ व्यावहारिक भएकाले झन् समस्या पर्ने संगीत विश्लेषकहरुले बताएका छन् ।
सन् २००९ मा गीतारवादक नोयल गैलाघरले न्यूयोर्कमा आयोजित फ्रि–तिब्बत कन्र्सटमा निःशुल्क गीतार बजाइदिएपछि उनी प्रतिबन्धमा परेका थिए ।
पछि उनले चिनियाँ अधिकारीसँग माफी मागेपछि उनलाई छुट दिइएको थियो । अहिले उनी बेइजिङमा हुन लागेको सांगीतिक प्रदर्शनीको तयारीमा रहेका छन् ।
त्यस्तै, सन् २०१५ मा लस एन्जलस्को ब्यान्ड मरुन–५ का किबोर्ड प्लेयरले आफ्नो जन्मदिनको अवसरमा विवादित धर्मगुरु दलाई लामासँग शुभकामना मागेपछि उनीहरुलाई चीनमा प्रतिबन्ध लगाइएको थियो ।
बेइजिङ कल्चर ब्युरोले के स्पस्ट पारेको छ भने कुनैपनि हालतमा बिबरले चीनमा सांगीतिक प्रस्तुति दिन पाउने छैनन् । तर, उनले आफ्नो आचरण सुधारेर गुमेको सार्वजनिक विश्वास पुनः हासिल गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्