शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा मन्त्री साहले संविधान सर्वस्वीकार्य नभइसकेकाले संशोधनको विकल्प नभएको टिप्प्णी गरे ।
हिजोसम्म संविधान जलाउनेहरु पनि विस्तारै यसको पक्षमा आउन थालेको भन्दै उनले संविधानमा रहेका केही त्रुटि सच्चाउनसके मुलुक समृद्धिको बाटोमा लाग्न सहज हुने बताए ।
उनले ठेक्का र टेन्डर समयमै नहुँदा सहरी क्षेत्रको विकास सुस्तरुपले चलिरहेको बताए ।
उनले सरकारी निकाय इमान्दार भएमा सडक विस्तारले तीव्रता पाउने पनि बताए ।





प्रतिक्रिया दिनुहोस्