
काठमाडौंमा शनिबार (आज) आयोजित एक कार्यक्रममा नेपालका दुर्गम क्षेत्रमा स्याटेलाइट क्यामेरा प्रविधिबाट बिरामी जाँचको लागि ‘टेलिहेल्थ’ कार्यक्रम सुरु गर्ने जनाएको हो ।
सेन्टरले नेपालका अधिकांश जिल्ला यातायात सुविधाबाट बन्चित भएकाले त्यस्ता स्थानका विरामीलाई लक्षित गरी यो सेवा शुरु गर्न लागिएको बताएको हो ।
तीन जिल्ला नुवाकोट, पर्वत र धनुषामा स्याटेलाइट प्रविधिमा आधारित क्यामेरा छाला परिक्षण गर्दा सफल भएको संस्थाका अध्यक्ष अनिल कुमार झाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्