Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


विकासका लागि छिमेकी मुलुकको सहयोग आवश्यकः प्रधानमन्त्री


0
Shares

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र गतिको विकासका लागि छिमेकी मुलुकको सहयोग आवश्यक रहेको बताएका छन् ।

चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको काठमाडौंको कलंकी–कोटेश्वर सडकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै क्षमताबाट मात्र नेपालको विकास सम्भव नभएकाले तीव्र विकासका लागि चीन सरकारको सहयोग आवश्यक रहेकोमा जोड दिए ।

उनले सरकारले दुबै छिमेकी र दातृ राष्ट्रको सहयोगबाट नेपालको विकासलाई तीव्रता दिने पनि बताए ।

नेपालमा राष्ट्रिय गौरवका आयोजनाको पनि धमाधम निर्माण भइरहेको भन्दै प्रधानमन्त्री ओलीले अब विकासको गति प्रत्येक दिन एक कदम अगाडि बढ्ने जिकिर गरे ।

उनले कलंकी–कोटेश्वर एउटा नमूना सडक भएको भन्दै यसले नेपालको ट्राफिक व्यवस्थापनमा सहज हुने विश्वास व्यक्त गरे ।

सन् २०१३ बाट निर्माण सुरु भएको कलंकी–कोटेश्वर सडक १० दशमल ३९५ किलोमिटर रहेको छ भने ८ लेन फराकिलो छ । मुख्य सडकको दुवैतिर मुख्य लेन र दायाँबायाँ सहायक लेन छन् ।