२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


लागू औषधसहित दुईजना पक्राउ


0
Shares

काभ्रेपलाञ्चोक पनौती नगरपालिका घर भएका दिनेश थापा लागू औषध एम्पुलसहित पक्राउ परेका हुन् । उनकै बयानका आधारमा नेपालमा लामो समयदेखि लागू औषध कारोबार गर्दै आएका तेह्रथुम घर भएका पदम आलेमगर पनि पक्राउ परेका छन् ।

पदम यसअघि पनि लागू औषध कारोबारीका रुपमा पक्राउ परी जेल सजाय भोगिसकेका ब्यक्ति रहेको खुलेको छ ।

लागू औषध नियन्त्रण ब्युरो प्रमुख धीरु बस्न्यातले लागू औषध तस्करलाई पक्राउ गरी सजाय दिलाउनुभन्दा पनि उनीहरुलाई आर्थिक प्रलोभनबाट सदाका लागि उन्मुक्त हुने खालको सजाय हुनुपर्ने प्रतिक्रिया दिए ।

पक्राउ परेकाहरुको साथबाट केही नेपाली र भारतीय रुपैयाँ समेत बरामद गरिएको छ ।