१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल भवन निर्माण कार्य अन्तिम चरणमा


0
Shares

रु ७६ करोडमा निर्मार्णाधीन भवनको निर्माणकार्य ८० प्रतिशत सम्पन्न भएको कम्पनीका इन्जिनियर दिनेश भण्डारीले जानकारी दिए ।

यो ३०० शैय्याको भवन पश्चिम नेपालको चिकित्सा क्षेत्रमा आधुनिक, पहिलो र ठूलो अस्पताल हो । कम्पनीले तोकिएको मितिभन्दा अगावै कार्य सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य राखेको छ ।

रजिष्ट्रार विश्वराज काफ्लेले अस्पताल भवन निर्माणपश्चात् पिछडिएका क्षेत्रका नागरिकले छिटो छरितो, व्यवस्थित र अत्याधुनिक सेवा प्राप्त गर्ने बताए । ‘अब एक हजार ५०० रोपनी जग्गा प्रतिष्ठानका नाममा हुनेबित्तिकै शैक्षिक कार्यक्रम सन्चालन र आवासका लागि संरचना निर्माण कार्य थालनी हुनेछ’ रजिष्ट्रार काफ्लेले भने ।

चार वर्षदेखि प्रवीणता प्रमाणपत्र तह सन्चालन गरेको प्रतिष्ठानले अब चालु आवको मंसिरभित्रै ‘मिडवाइफ्री’ सन्चालन गर्ने उनले बताए । उनका अनुसार बिपिएच तहका लागि कार्यदल गठन र निकट भविष्यमा एमबिबिएस तह सन्चालन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिष्ठानमा १६ विशेषज्ञ चिकित्सक, २४ मेडिकल अधिृकतसहित जम्मा ११७ जना कर्मचारी कार्यरत छन् ।

शर्मा प्रेरा रसुवा ज्वाइन्ट भेन्चुरले गत २०७२ असार १२ गतेबाट निर्माण कार्य शुरु गरेको थियो । कम्पनीले जाडो यामलाई पनि अनुकूलित बनाउँदै निर्माण कार्यलाई तीव्रता दिँदै आएको छ ।
प्रतिष्ठान स्थापनाले दुर्गमको मानकलाई तोड्दै हाडजोर्नी एनेस्थेसिया, मेडिसिन सर्जन, एमडिजिपी, स्त्रीरोग विशेषज्ञ तथा बालरोग विशेषज्ञ सेवा सन्चालनमा ल्याएको छ । रासस