Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


‘एमालेको ‘प्रपोगण्डा’ र ‘अन्तर्घात’का कारण काँग्रेसले चुनाव हार्‍यो’


0
Shares

स्थानीय तहको दुई चरणको निर्वाचन र भावी रणनीति बनाउन हिजो देखी जारी केन्द्रीय समिति बैठमा बोल्ने अधिकांश सदस्यले टिकट वितरणमा भएको ढिलाई, अन्तर्घात, टिकट नपाएकाहरुलाई चित्तबुझ्दो जवाफ दिन नसक्नु र एमालेले गरेको प्रपोगण्डा चिर्न नसक्नाले निर्वाचनमा हार बेहोर्नु परेको बताएका हुन् ।

अन्तर्घात गर्नेलाई तत्काल अनुशासन समिति बनाएर कारबाही गर्न उनीहरुले माग गरेका छन् । पार्टीका अधिकांश नेता राजधानीमुखी भएको र स्थानीय तहमा पार्टी संगठन कमजोर बन्दै गएको बताएका छन् ।

पार्टी नेतृत्वले नै सरकारको नेतृत्वमा व्यस्त रहनुपरेकाले पार्टी संगठन चलायमान हुन नसकेको भन्दै केन्द्रीय सदस्यहरुले पदाधिकारी मनोनयन र विभागहरु छिटो बनाएर पार्टीलाई गतिशील बनाउन माग गरेका छन् ।

जारी केन्द्रीय समितिबाट अनुशासन समिति, टिकट बाँड्नका लागि चाहिने संसदीय बोर्ड गठनको तयारी गरिएको छ । सदस्यहरुले धारणा राख्ने क्रम नसकिएकाले बैठक जारी छ ।