२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


पाँच सय दरका ३ सय ४८ थान नक्कली नोटसहित दुईजना पक्राउ


0
Shares

१ लाख ७४ हजार बराबरका पाँच सय दरका ३ सय ४८ थान नेपाली रुपैयांसहित विराटनगर ६ का २२ वर्षिय संगीत महतो र विराटनगर ७ का २१ वर्षिय सुमन तोलाङीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सन्दीप भण्डारीका अनुसार उनीहरुलाई विराटनगर ९ स्थित रघुनाथ पेट्रोल पम्प पछाडीबाट नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकाहरु पूर्वी नेपालमा नक्कली नोटको कारोवारमा संलग्न देखिएको पनि प्रहरीले जनाएको छ ।

उनीहरु विरुद्ध खोटा मुद्राको मुद्धा दर्ता गरिएको छ । यस्तो आरोप प्रमाणित भएमा दश बर्षसम्म कैद हुनसक्छ ।