
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर बजारमा झाडापखालाको प्रकोप देखिएको छ ।
दूषित खानेपानीका कारण भीमदत्त नगरपालिकाको वडा नम्बर ४ र १८ मा झाडापखालाको प्रकोप देखिएको हो ।
नगरपालिकाको बजार क्षेत्रमा नाला विस्तारका क्रममा खानेपानीको पाइपलाइन काटिएपछि प्रदूषित पानीका कारण झाडापखाला फैलिएको आशंका गरिएको छ ।
प्रकोप फैलिएसँगै महाकाली अञ्चल अस्पतालमा झाडापखालाका बिरामीको संख्या बढेको छ ।
एक सातामा १० जना झाडापखालाका बिरामी आउने गरेकोमा अहिले दैनिक १० देखि १५ जना बिरामी आउने गरेको महाकाली अञ्चल अस्पतालले जनाएको छ ।
पछिल्लो दुई हप्तामा झाडापखालाका झन्डै डेढ सय जना बिरामी आएको महाकाली अञ्चल अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले बताए ।
उनले बजार क्षेत्रमा बढी प्रकोप देखिएकाले नगरपालिका र जनस्वास्थ्य कार्यालयमासमेत यसबारे जानकारी गराएको बताए ।
प्रतिक्रिया दिनुहोस्