२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


बुबासँग अपहरणको नाटक गरी फिरौती माग्ने छोरासहित तीन पक्राउ


0
Shares

राजविराजस्थित जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी पक्राउ पर्नेहरुलाई सार्वजनिक गरेको हो ।

भारतको सुपौल जिल्लाको डगमारा ग्राम पञ्चायत–८ कुनौलीका गोसाइ मण्डलका २२ वर्षीय छोरा देवचन्द्रकुमार मण्डलले अपहरणको नाटक गरी नेपालतर्फ आई आफ्नै बुबासँग फिरौतीको माग गर्न लगाएको प्रहरीले जनाएको छ ।

प्रहरीले देवचन्द्रकुमारसहित उनका सहयोगी नागेन्द्र र रविनलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

उनीहरुमाथि केही सार्वजनिक अपराध मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।