२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


वैवाहिक समारोह चलिरहेका बेला पहिरो खस्यो, १५ जनाको मृत्यु


0
Shares

काठमाडौं । पेरुको एक होटलमा वैवाहिक समारोह चलिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर १५ जनाको मृत्यु भएको छ ।

आन्दियन शहरको अल्हाम्ब्रा होटेलमा वैवाहिक समारोह चलिरहेका बेला माथिबाट ठूलो पहिरो खसेको बताइएको छ । घटनामा २९ जना घाइते भएका छन् ।

भारी वर्षा भइरहेका बेला एक्कासी पहिरो खसेको अधिकारीहरुले जनाएका छन् । होटलमा अन्य एक सय जना अतिथिसमेत रहेको बताइएको छ ।(एजेन्सी)