Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


डा. केसीले सुरु गरे ११औंपटकको अनसन


0
Shares

चिकित्सा क्षेत्रमा रहेको वेथिति रोक्न माग गर्दै आएका डा.केसी त्रिवि शिक्षण अस्पताल परिसरभित्रै ११औं पटक अनसनमा बसेका हुन ।

अनसन शुरु गर्नुअघि सोमबार (आज) आयोजित पत्रकार सम्मेलनमा उनले त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवदेनअनुसार चिकित्सा शिक्षा ऐन पारित नभएकाले फेरि अनसन बस्नुपर्ने अवस्था आएको बताए ।

सर्वोच अदालतको आदेशलाई समेत लत्याएर मेडिकल कलेजहरुले जथाभावी भर्ना गर्ने र शुल्क असुल्ने गरेको पनि डा.केसीले बताए ।

चिकित्सा शास्त्र अध्ययन संस्थानमा सहायक डिन र क्याम्पस प्रमुखको नियुक्ति तत्काल गर्न पनि उनले माग गरेका छन् ।

त्यस्तै, त्रिवी शिक्षण अस्पतालमा पनि सघन उपचार कक्ष सुधार, शैय्या व्यस्थापन, शैचालय व्यवस्थापन लगायतको सुधारको माग पनि डा केसीले राखेका छन् ।