तीन वर्षअघिदेखि भाडा नदिइएको भन्दै घरधनी बालकृष्ण वाग्लेले कार्यलयमा ताला लगाएका हुन् ।
बेसीसहर नगरपालिका–८ शेरा ओरालोमा रहेको वाग्लेका घरमा राप्रपा कार्यालय छ । ८ वर्षदेखि कार्यालय राखिएकामा २०७१ सालदेखि भाडा नपाएको घरधनी वाग्लेले बताए ।
वाग्लेले बेसीसहरमा सोमबार पत्रकार भेटघाट गरी राप्रपासँग घरभाडाबापतको रु एक लाख ५९ हजार लिन बाँकी रहेको बताए ।
वाग्लेकाअनुसार राप्रपासँग २०७१ सालको रु ३० हजार, २०७२ सालको रु ५४ हजार, २०७३ सालको रु ६० हजार र २०७४ सालको वैशाखदेखि असार मसान्तसम्मको रु १५ हजार भाडा लिन बाँकी छ ।
राप्रपा जिल्ला अध्यक्ष इन्द्रबहादुर मल्लले राप्रपा नेपाल हुँदादेखिको भाडा बाँकी रहेको र धेरै रकम भएकाले एकमुष्ट तिर्न कठिन भएको बताए । रासस





प्रतिक्रिया दिनुहोस्