Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


कांग्रेस केन्द्रीय सदस्यहरुद्वारा नेतृत्वको कडा आलोचना, देउवा रक्षात्मक (भिडियो)


0
Shares

बैठकमा बोल्ने अधिकांश सदस्यहरुले नेतृत्वको गल्ती र अन्तर्घातले स्थानीय तह निर्वाचनमा पार्टीले पराजय व्यहोर्नुपरेको बताएका हुन् ।

लामो समयपछि बसेको केन्द्रीय समिति बैठक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका लागि महँगो सावित भएको छ ।

बैठकमा बोल्ने अधिकांश सदस्यहरुले नेतृत्वको कमजोरी, चुनावको मुखमा भएका अप्रिय निर्णय र पार्टीभित्र अनुशासन कायम गर्न नसक्दा पार्टी पराजित हुनुपरेको आरोप लगाए ।

केन्द्रीय समितिमा स्पस्ट बहुमतमा रहेका देउवा भने बैठकमा रक्षात्मक अवस्थामा पुगे ।

सभापति देउवामात्र नभइ वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासमेत आलोचनाको तारो बने ।

अधिकांश कांग्रेस केन्द्रीय सदस्यहरुले स्थानीय निर्वाचनमा भएको टिकट वितरणमा ढिलाइ, उम्मेदवार बन्ने धेरैको रहर, असन्तुष्ट साथी मनाउने समय नपाउनु, विद्रोह र अन्तर्घात हारको कारण भएको बताए ।

देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्मा भने नेतृत्वका केही कमी–कमजोरी रहेपनि नेतृत्वकै कारण पार्टी पराजित हुन पुगेको भन्नु अन्याय भएको दाबी गर्छन् ।

आफ्नो साथीहरुमाथि अन्तर्घात गर्नु अपराधजस्तै भएको भन्दै अन्तर्घात गर्नेलाई कारबाही नगरे यस्ता गल्ती फेरि पनि दोहोरिने बताउँछन्, नेता गगन थापा ।

अर्का केन्द्रीय सदस्य कल्याण गुरुङले प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचन र आगामी निर्वाचनहरुमा यस्तो गल्ती नहुने आशा व्यक्त गरे । (भिडियो हेर्नुहोस्) ।