Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


यथास्थितिमा निर्वाचनमा सहभागी हुँदैनौं : ठाकुर


0
Shares

मंगलबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा अध्यक्ष ठाकुरले संविधान संशोधन आफूहरुको प्रमुख एजेन्डा भएकाले त्यसको पूर्णताबिना आफूहरु निर्वाचनमा सहभागी नहुने बताए ।

उनले हाल संविधान संशोधनका लागि सत्तापक्षले दुई तिहाइ मत पुर्‍याउन लागे पनि एमाले विगतदेखिनै आफूहरुको मागको विपक्षमा रहेकाले संविधान संशोधन हुन नसकेको पनि स्वीकारे ।

आफूहरुका मागबारे सरकारले प्रस्ट व्यवहार नगरेको आरोप लगाउँदै संयोजक ठाकुरले वाचा पूरा नगर्दा समस्या सुल्झिनुको सट्टा झनै बल्झँदै गएको बताए ।