१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


ट्रयाक्टरमा धानको बोराले छोपेर ल्याउँदै गरेको ५० बण्डल कपडा बरामद


0
Shares

वीरगंज, माघ १३ । वीरगंजको तिलावे पुलबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइएका ठूलो परिमाणका कपडा बरामद गरेको छ ।

ना२त १६४८ नम्बरको ट्रयाक्टरमा धानको बोराले छोपेर ल्याउँदै गरेको ५० बण्डल कपडा तिलावे पुल नजिक पदम रोडबाट बरामद गरिएको हो । उक्त कपडाको बजार मूल्य ५० लाख रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्र«याक्टर चालक सोनालाल राउत कुर्मीलाई पनि नियन्त्रणमा लिएको छ । पर्साको मिर्जापुर हुँदै वीरगंज ल्याउन लागेको अवस्थामा साडी, कुर्ता सलवार, सर्ट पाईन्टका थान कपडा बरामद गरिएको हो ।

विशेष सूचनाका आधारमा चेकजाँच गर्दा उक्त कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।