२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


मामा मारेको अभियोगमा भान्जा ६ वर्षपछि समातिए


0
Shares

जिल्ला प्रहरी कार्यालयकाअनुसार २०६८ साल फागुन ८ गते कालीन्चोक मन्दिर दर्शन गर्न मामा–भान्जा गएको र भान्जा विक्रम विक फर्केको र मामा विनोद नर्फकेपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दा हत्यामा उनको संलग्नता रहेको देखिएको प्रहरीले जनाएकोे छ ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले ६ वर्षपछि भान्जालाई मामाको हत्यामा संलग्न भएकाले पक्राउ गरी थप अनुसन्धान भइरहेको बताए ।

विनोदको शव ६ वर्षअगाडि हत्या गरेको अवस्थामा प्रहरीले कालीन्चोक गाविस–९ स्थित गणेशथुम्कीको कुरी जाने भन्ज्याङ गौडानजिकै फेलापारेको थियो । रासस