२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


रड प्रहार गरी श्रीमतीको हत्या


0
Shares

कोशी गाउँपालिका ६ घर भई हाल सोही गाउँपालिका १ स्थित राजा पोखरीको क्वार्टरमा बसेर चौकीदार काम गर्दै आईरहेका ३० बर्षीय राम कुमार यादवले आफ्नै श्रीमती २५ बर्षीया संगिता यादवलाई रड प्रहार गरी हत्या गरेका हुन् ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट टोली खटिई रड प्रहार गर्ने यादवलाई नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।