१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


नारायणगढ–मुग्लिन सडक ८ घन्टापछि दुईतर्फी खुल्यो


0
Shares

चितवन, असार १८ । ८ घन्टापछि नारायणगढ–मुग्लिन सडकखन्ड दुईतर्फी सन्चालनमा आएको छ ।

पहिरोका कारण सोमबार बिहान ११ः४५ बजेदेखि पूर्णरुपमा अवरुद्ध बनेको सो सडकखन्ड सोमबार राति ८ बजेबाट दुईतर्फी सन्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

८ घन्टासम्म जाममा परेका सवारी–साधनहरुलाई ‘ओभरटेक’ नगरी आ–आफ्नो लेनमा अघि बढ्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

यस्तै, रातिको समयमा यात्रा गर्दा सजग भएर यात्रा गर्नसमेत प्रहरीले आग्रह गरेको छ ।

सोमबार बिहान ६ बजेदेखि विभिन्न स्थानमा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक एकतर्फी सन्चालन भएको थियो । तर, बिहान ११ः४५ बजे टोपेखोलामा खसेको ठूलो पहिरोले सडक पूर्णरुपमा अवरुद्ध हुनपुगेको थियो ।

अपराह्न पौने ६ बजे टोपेखोलाको पहिरो हटाइ सक्नै लाग्दा फेरि चारकिलोमा पहिरो खसेको थियो । जसका कारण नारायणगढ–मुग्लिन सडकखन्ड खुलाउन थप समस्या भएको थियो ।