२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


फेसबुकबाट प्रेम गर्दै भारत लगेर बेचिन्छन् नेपाली युवती (भिडियो)


0
Shares

पछिल्लो समय समाजिक संजालमार्फत चिनजान भई प्रेममा परेका युवतीलाई विभिन्न प्रलोभनमा पारी भारत लगायत तेस्रो मुलुकमा लैजाने र उनीहरुलाई केही पैसाका लागि नारकीय जीवन बाँच्न बाध्य बनाउँदै आएका घटना चेलिबेटी बेचविखनविरुद्ध कार्य गर्दै आएका विभिन्न संघ संस्थाले सार्वजनिक गर्दै आएका छन् ।

सामाजिक संजाल फेसबुकबाट माया बसेपछि जोखिममा पर्न गएका रुकुमका दुई युवतीलाई पछिल्लो समय उद्धार गरिएसँगै मानव तस्करको नयाँ बाटो पनि खुलस्त भएको हो । गत हप्ता रुकुम जिल्लाका २७ र २९ बर्षीया युवतीलाई फेसबुकमार्फत प्रेम गरी भारत पुर्‍याउने क्रममा माईती नेपालले उद्धार गरेको हो ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्