२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


‘रअ’को एजेन्ट भन्दै व्यवसायीसँग ठूलो रकम माग्दै धम्क्याउने गिरोह प्रहरी फन्दामा


0
Shares

‘रअ’को नेपाल प्रतिनिधि भन्दै उद्योगी–व्यवसायीसँग ठूलो रकम माग गर्ने गिरोहका मुख्य अभियुक्तसहित चारजनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा मुख्य अभियुक्त धादिङ, ज्वालामुखी गाउँपालिका–२ बस्ने ईश्वर बस्नेत, सोही ठाउँका रोशन बस्नेत, मनोज श्रेष्ठ र ज्वालामुखी गाउँपालिका–१ का रामकृष्ण श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए ।

उनीहरुले चितवनको एक उद्योगका मालिकलाई ज्यान लिनेसम्मको धम्की दिइ ५० लाख रुपैयाँ रकम माग गरेका थिए ।

मागअनुसारको रकम नदिए अपहरण गर्ने, मार्नेजस्ता धम्की दिँदै आएका उनीहरुलाई गत सोमबार काठमाडौंको नयाँबसपार्कस्थित सिस्नेरी गेस्टहाउसमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रमुख थापाले बताए ।