
सिन्धुलीको डाडीगुराँसेमा जन्मिएका तीर्थराज ढकालले अस्पतालमा उपचार हुन नसकेका विमारीको पनि तान्त्रिक विधिबाट रोग निको पार्ने गरेको दाबी गरेका हुन् ।
ढकालको तन्त्रविद्याबाट धेरै बिरामीले पुनर्जिवन पाएको स्थानीय बताउँछन् ।
भारतको वनारसमा शास्त्रीसम्म अध्ययन गरेका ढकाल बिरामीको घरघरमै पुगेर उपचार गरिरहेका छन् ।
ढकालको तन्त्र विद्याले सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, रामेछापलगायतका जिल्लाका धेरै बिरामीले उपचार पाएका छन् ।
उनले उपचार गरेवापत तोकेर कुनै शुल्क लिने गरेका छैनन् । स्वेच्छाले दिएको खाना मात्र लिने गरेका उनले टेलिफोनबाटैसमेत कतिपयको उपचार गरेको स्थानीय बताउँछन् ।
ढकालले अस्पतालमा उपचार हुन नसकेका विमारीको उपचारका लागि राज्यले आफूलाई पनि अस्पताल परिसरमै बस्ने व्यवस्था गरिदिनुपर्ने बताएका छन् ।
तान्त्रिक विधिले उपचार आवश्यक विमारीको सुविधाका लागि उनले पछिल्लो समयमा सिन्धुली, सर्लाही र रौतहटको सिमा क्षेत्रमा एक आश्रम निर्माण गर्ने तयारी गरेका छन् ।
ढकालले तान्त्रिक विधिबाट धेरैको उपचार गराए पनि यस विषयमा प्रशासनले भने अहिलेसम्म कुनै अनुसन्धान गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्