Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


बार्सिलोनाद्वारा म्यानचेस्टर युनाइटेड पराजित, म्यानचेस्टर सिटीलाई सफलता


0
Shares

इङ्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस च्याम्पियन रियल मड्रिडमाथि जित दर्ता गरेको छ ।

अमेरिकाको लस एन्जल्समा भएको खेलमा युरोपियन च्याम्पियन पनि रहेको रियल मड्रिडमाथि म्यानचेस्टर सिटीले ४-१ कोे जित हात पारेको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा सिटीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरेको हो ।

सिटीका लागि ५२ औं मिनेटमा निकोलस ओटामेन्डी, ५९ औं मिनेटमा केविन डी ब्राउन, ६६ औं मिनेटमा जोन स्टोनस् र ८१ औं मिनेटमा ब्राहिम डिएजले गोल गरे ।

रियल मड्रिडका लागि ९० औं मिनेटमा अर्नाइज ओस्कारले एक गोल फर्काए ।

उता, अर्को स्पेनिस क्लब बार्सिलोनाले भने प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडलाई पराजित गरेको छ ।

प्रि सिजन टुरकै क्रममा अमेरिकामा नै रहेको बार्सिलोनाले नेइमारको निर्णायक गोलमा युनाइटेडमाथी १-० को जित हात पारेको हो ।

यस्तै, अमेरिकामा नै रहेको इटालियन च्याम्पियन युभेन्ट्सले फ्रेन्च टोली पेरिस सेन्ट जर्मनलाई ३-२ ले पाखा लगाएको छ ।