
नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय रक्तसञ्चार सेवाको ५१औं वार्षिकोत्सवको अवसरमा गरिएको कार्यक्रममा राष्ट्रिय रक्तसञ्चार सेवाले रक्तसञ्चारका लागि पुर्याएको योगदानका बारेमा जानकारी पनि दिएको छ ।
रगत र रक्ततत्वको माग बढिरहेको र यसलाई पूर्ति गर्न बजेटसहित राष्ट्रिय योजनाको खाँचो रहेको कार्यक्रममा बताइएको छ । रक्तसञ्चार सेवाको पूर्वाधार विकासका लागि बजेटको व्यवस्था नहुँदा रक्तसञ्चार सेवाको भवन तथा यन्त्र उपकरण व्यवस्थामा पनि समस्या भइरहेको जनाइएको छ ।
नेपाल सरकारले राष्ट्रिय रक्तसञ्चार सेवालाई वार्षिक बजेटको व्यवस्था गरिदिए पूर्वाधार विकासदेखि गुणस्तरमा समेत अभिबृद्धि हुने रक्तसञ्चार सेवाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्