२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


श्रीमतीको खुर्पा प्रहारबाट श्रीमान्को मृत्यु


0
Shares

इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेकाअनुसार घरायसी विवादले उग्ररुप लिँदा २६ वर्षीया श्रीमती लालुमाया तामाङको खुर्पा प्रहारबाट सन्तबहादुरको मृत्यु भएको हो ।

‘हामी घटनास्थलमा पुग्दा मृत अवस्थामा सन्तबहादुर फेलापर्‍यो’–प्रहरी निरीक्षक घिमिरेले भने ।

विवाद हुँदा लालुमायाले मादकपदार्थ सेवन गरेको प्रहरीले आशंका गरेको छ । लालुमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव परीक्षणका लागि शिर मेमोरियल अस्पताल बनेपामा राखिएको छ । रासस